ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको छ भने काठमाडौँ उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरे । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

उनले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेशिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए ।

“यो मेशिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो । यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,” उनले भने ।

यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना ग्राहक वर्गलाई सदैब नबितम प्रविधि प्रदान गर्न तत्पर रहेको जानकारी गराए । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?