काठमाडाैं । कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन्।
उनले केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने बताएका छन्।