back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

spot_img

बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतपरिणाम अनुसार उनले ४७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाएका छन्। दुई मत अन्तरले कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताए।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भए । उनले ४५५ मत पाए । उनका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल (अनुप) ३०६, पुजन विश्वकर्मा (बाँके) ९८ र शान्तकुमार वली (रोल्पा) ५६ मत पाएका छन्।

उपसचिवमा पूर्ण बुढामगर (रोल्पा) र उपसचिवमा (महिला) लीला राना मगर(बर्दिया) विजयी भएका थापाले बताए । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कँडेल प्यानलका हुन् । पदाधिकारीमा एक उपसचिव बाहेक अरु सबै पदमा राधाकृष्ण कँडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।

सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । नवनिर्वाचित पदाधिकारीलाई आजै बिहान सपथग्रहण गराउने कार्यक्रम रहेको थापाले बताए। एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?