विद्यालयमा संस्कार र श्रमसहितको शिक्षा अघि सारेका छौँ : नगरप्रमुख थापा

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम सम्पन्न

टेकराज भुसाल,
बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ साविक ढाकावाङ्ग गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नेहरुका बीच स्थापना भएको ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले शुक्रबार बुटवल १३ बेलवासमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, सचिव नारायणप्रसाद भुसालको संचालन तथा सदस्य जुना खनालको स्वागत मन्त्वयमा भएको कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, नगरप्रवक्ता तथा वार्ड नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी सुनार, वार्ड नम्बर २ का अध्यक्ष बुद्धिबहादुर थापा, भूमिकास्थान रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे र संस्थाका सल्लाहकार कमल प्रसाद खनालको विशेष उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको हो।

संस्थाका सह-सचिव टेकराज भुसालको राष्ट्रिय झण्डा अभिवादन वाचनपछि सुरु भएको कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले पालिकामा संस्कार र श्रमसहितको शिक्षा कार्यक्रम अघि सारेर २ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको र अन्य विद्यालयमा समेत कार्यक्रम सञ्चालन प्रकिया अघि बढेको बताए ।

नगरप्रमुख थापाले पालिका भित्र रहेका बाझो जग्गालाई पालिकाले निशुल्क कृषकहरुसँग मागेर ३ वर्षदेखि १० वर्षसम्म लिजमा लिएर प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रहेको जनशक्तिलाई काममा लगाएर स्थानीय रैथाने खेती उत्पादन गर्ने र त्यसलाई पालिकाले बजारीकरण गर्ने कार्यक्रम समेत अघि बढेको र तत्काल १ क्विन्टल गत खेती उत्पादन प्रक्रिया समेत अघि बढेको बताए ।

पालिकाले पालिका भित्र रहेका बृद्धहरुको उत्कृष्ट स्याहारसुसार गर्नेलाई प्रोत्साहन स्वरुप आर्थिक सहित सम्मान गर्ने, बृद्धहरुका लागि प्रत्येक शुक्रबार भजनकृतन कार्यक्रम, स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घरघरमा गएर स्वास्थ जाँच कार्यक्रम, गर्भवती महिलाहरुलाई प्रत्येक ३र३ महिनामा निस्शुल्क अल्ट्रासाउन्ड सेवाको व्यवस्था गरेको थापाले बताए ।

उपप्रमुख बालकृष्ण बन्जाडे, नगरप्रवक्ता तथा वार्ड नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी सुनार, वार्ड नम्बर २ का अध्यक्ष बुद्धिबहादुर थापाले बोल्दै नगरपालिका भन्दा बाहिर रहेका आफ्ना जनतासँग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई समृद्ध नगरको रुपमा विकास गर्दै भूमिकास्थानलाई भ्रष्टाचारमुक्त र शुसासन कायम भएको नगरको रुपमा विकास गर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरुले पुरानो संस्कृति झल्किने गरी मादल बजाएर गाउकै सम्झना झल्किने गरि नाचगान समेत गरेका थिए।

No description available.

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?