back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

एनएमबि बैंकका ग्राहकलाइ सुनवलको ममता प्याथोलोजी ल्याबमा २० प्रतिशत छुट

spot_img

सुनवल । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल स्थित ममता प्याथोलोजी ल्याब बीच एक सम्झौता भएको छ ।

सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले ममता प्याथोलोजी ल्याबबाट प्रदान गरिने सबै सेवामा २० प्रतिशत छुट पाउने भएका छ्न् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र ममता प्याथोलोजीका डाइरेक्टर पुष्पराज चौधरी थारुले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र ममता प्याथोलोजी ल्याबका डाइरेक्टर पुष्पराज चौधरी थारुले एक कार्यक्रम बीच उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकबर्ग लाभान्वित हुने एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने ममता प्याथोलोजी ल्याबका डाइरेक्टर पुष्पराज चौधरी थारुले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?