अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले सरुवा भै जिल्ला आएका कर्मचारि र सरुवा भएर जिल्ला बाहिर जान लागेका कर्मचारीको एक कार्यक्रमका बीच स्वागत र विदाई गरेको छ ।
![Workplace](https://samacharpost.com/wp-content/uploads/2024/02/join-with-us.gif)
सधै रचनात्मक र सिर्जनात्मक क्रियाकलापमा अब्बल सिबिए अर्घाखाँचीको स्वागत र विदाई नियमित क्रियाकलाप हुन्। जिल्ला भित्रिने नाकामा स्वागत होर्डिङ्ग बोर्ड, लोकसेवा आयोगका निशुल्क तयारी कक्षा संचालन, सह-सचिव, उप-सचिव र अधिकृतको लागि उपयोगी पुस्तक वृतिको प्रकाशन, विभिन्न अन्तरक्रिया लगायत जिल्लामा कार्यरत कर्मचारीलाई पर्ने पीर मर्कामा साथ र सहयोगको लागि सधै अगाडि रहने सिबिए, अर्घाखाँची देशकै नमुना संगठन हो ।
स्वागत हुनु हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिव नेपाली, करदाता सेवा कार्यालयका कर अधिकृत महेन्द्र पुरी, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका सब-ईन्जिनियर प्रकाश यादव, सिंचाई विकास डिभिजन कार्यालयका सब-ईन्जिनियर ओमप्रकाश यादव, डिभिजन वन कार्यालयका सहायक पाँचौ राधा न्यौपाने, सडक पूर्वाधार विकास कार्यालयका सहायक पाँचौ महेन्द्र भुसाल, कारागार कार्यालयका सलेपा नविन कुमार भण्डारी र मालपोत कार्यालयकी खरिदार प्रतिक्षा खनाल रहेका थिए भने विदाई हुनेमा मालपोत कार्यालय अर्घाखाँचीबाट कपिलवस्तु मालपोतमा सरुवा भएका प्रमुख टीकाराम पौडेल थिए । स्वागत तथा विदाई हुनेहरुलाई कार्यक्रमका अध्यक्ष लगायत विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधीहरुले अबिर र खादा लगाएर स्वागत तथा विदाई गरेका थिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी संगठन (निजामती) का जिल्ला अध्यक्ष यादव प्रसाद सापकोटा, नेपाल निजामती कर्मचारी युनियनका सचिव अर्जुन प्रसाद रेग्मी र करार तथा ज्यालादारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदीप जिसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले सिबिएले यसरी स्वागत तथा विदाई कार्यक्रम गरी कर्मचारी बीच परिचय गराउँदा आफुमा काम गर्ने उत्प्रेरणका साथै साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए । भने विदाई भएर जाने मालपोत अधिकृत टीकाराम पौडेलले यस जिल्लामा रहँदा बस्दा कर्मचारीबाट भएको साथ र सहयोगको प्रसंशा गर्दै सिबिएले वास्तवमा कर्मचारीलाई परेको समस्यामा समधानको लागि पर्ने उदाहरण आफुले देखेको हुँदा सबैले सिबिएलाई सहयोग र सबैलाई सिबिएले सहयोगको अपेक्षा समेत गरेका थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह सचिव नारायण प्रसाद दामासेको संचालनमा सिबिएको कार्यालयमा सम्पन्न भएको थियो ।