बुटवल जेसिजमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

 बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५०औं बर्ष गरेको पुनित अवसरमा विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने उदेश्य प्रतियोगिता गरिएको जानकारी दिए।

प्रतियोगितामा क्यानन मा.वि, नविन औद्योगिक मा.वि, कान्ति मा.वि., एभरेष्ट बोडिङ्ग स्कूल, तिनाउ बोडिङ्ग स्कूल, अन्नपूर्ण मा.वि., जनप्रिय मा.वि, स्कलर्स बोर्डिङ्ग स्कूल, मणिमुकुन्द मा.वि., सम्मिट बोर्डिङ्ग स्कूल, सिद्धेश्वर मा.वि., अक्सफोर्ड मा.वि, एम्स उच्च मा.वि.,न्यू होराईजन बोर्डिङ्ग स्कूल, होराईजन गौतमबद्ध मा.वि.गरी १५ विद्यालयले भाग लिएका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलमा बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल प्रसाद अधिकारी, बुटवल जेसीजबाट उत्कृष्ट युवामा सम्मानित साहित्यकार दोय गिरि श्रीष र दलबहादुर गुरुङ थिए । जेसीज वक्तृत्वकला प्रतियोगितामा मणिमुकुन्द मा.वि.को आसिका आचार्यले प्रथम स्थान, स्कलर्स बोर्डिङ्ग स्कुलका राजन के.सी.ले दोस्रो स्थान र एभरेष्ट बोर्डिङ्ग स्कुलको ओजस्वी न्यौपानेले तेस्रो स्थान हासिल गरेका थिए । 

कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपानेको स्वागत, ससचिव प्रकाश गैरेको आस्था पाठ र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?