back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

बुटवल जेसिजमा वक्तृत्वकला प्रतियोगिता

spot_img

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

 बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५०औं बर्ष गरेको पुनित अवसरमा विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने उदेश्य प्रतियोगिता गरिएको जानकारी दिए।

प्रतियोगितामा क्यानन मा.वि, नविन औद्योगिक मा.वि, कान्ति मा.वि., एभरेष्ट बोडिङ्ग स्कूल, तिनाउ बोडिङ्ग स्कूल, अन्नपूर्ण मा.वि., जनप्रिय मा.वि, स्कलर्स बोर्डिङ्ग स्कूल, मणिमुकुन्द मा.वि., सम्मिट बोर्डिङ्ग स्कूल, सिद्धेश्वर मा.वि., अक्सफोर्ड मा.वि, एम्स उच्च मा.वि.,न्यू होराईजन बोर्डिङ्ग स्कूल, होराईजन गौतमबद्ध मा.वि.गरी १५ विद्यालयले भाग लिएका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलमा बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल प्रसाद अधिकारी, बुटवल जेसीजबाट उत्कृष्ट युवामा सम्मानित साहित्यकार दोय गिरि श्रीष र दलबहादुर गुरुङ थिए । जेसीज वक्तृत्वकला प्रतियोगितामा मणिमुकुन्द मा.वि.को आसिका आचार्यले प्रथम स्थान, स्कलर्स बोर्डिङ्ग स्कुलका राजन के.सी.ले दोस्रो स्थान र एभरेष्ट बोर्डिङ्ग स्कुलको ओजस्वी न्यौपानेले तेस्रो स्थान हासिल गरेका थिए । 

कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपानेको स्वागत, ससचिव प्रकाश गैरेको आस्था पाठ र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?