एनएमबि बैंकका ग्राहकलाइ भैरहवाको नान्स होटल, किङ्गस प्यालेस र आगन क्याफे एन्ड थकाली रेस्ट्रोमा छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीकोको भैरहवा स्थित नान्स होटल प्रालि, किङ्गस प्यालेस प्रालि र आगन क्याफे एन्ड थकाली रेस्ट्रो प्रालि बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले लज एन्ड फुड सेवामा १५ प्रतिशत सम्म छुट पाउनेछ्न् ।

सम्झौताअनुसार नान्स होटल प्रालिको लज एन्ड फुड सेवामा एनएमबि बैंक लिमिटेडका कर्मचारीले १५ प्रतिशत र ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी किङ्गस प्यालेस प्रालीको फुड आइटममा एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले १२।५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै आगन क्याफे एन्ड थकाली रेस्ट्रो प्रालीको फुड आइटममा एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले १२ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र नान्स होटल प्रालिका डाइरेक्टर अभिनास श्रेष्ठ , किङ्स प्यालेस प्रालिका संचालक सन्जय सिंह क्षेत्री र आगन क्याफे एन्ड थकाली रेस्ट्रो प्रालिका संचालक कुलराज कुवरले छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर गरि एकअर्का बीच आदानप्रदान गर्नुभएको थियो ।

सहमति हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खाती, भैरहवा शाखाका बिडिएम जनार्दन पाण्डेको उपस्थिति थियो । यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकबर्ग लाभान्वित हुने एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले विस्वास व्यक्त गर्नुभयो । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खातीले जानकारी दिनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?