देश समृद्धिको बाटोमा लागिसक्यो –  कविता

जहाँ ,
जनताको सर्वोच्चता अनि सम्पन्नता होइन
नेताको सर्वोच्चता अनि सम्पन्नतामा विश्वास गरिन्छ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
एयरपोर्टमा अनि बसपार्कमा
उदासी अनुहारमा
बिदेशिने युवाहरूको भीड हुन्छ ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
बाबु आमाको लासले
विदेशिएका आफ्नै छोराछोरीलाई कुर्नुपर्छ ,
पट्ट्यारलाग्दो ढङ्गले ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
भाषा, धर्म अनि संस्कृतिमाथि ठाडै हस्तक्षेप हुँदा पनि देखिन्छ
नेताहरुमा मौन समर्थन !
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
अनुपम प्राकृतिक सम्पदाहरुको अवमूल्यन गर्दै
संरक्षणका नाममा व्रम्हलुट मच्चाइन्छ।
लगाइन्छ घाँटी सुक्नेगरी नारा
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ,
भन्ने चार्वाक् दर्शनलाई
नेताहरूबाटै अनुमोदन गराइन्छ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
जनताहरुले भोकभोकै खुल्ला आकाशलाइ
निरीह बन्दै छानो बनाउदा पनि
रातारात ठडिन्छन्,
नेताहरुका लागि आलिसान महलहरु,
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?