देश समृद्धिको बाटोमा लागिसक्यो –  कविता

जहाँ ,
जनताको सर्वोच्चता अनि सम्पन्नता होइन
नेताको सर्वोच्चता अनि सम्पन्नतामा विश्वास गरिन्छ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
एयरपोर्टमा अनि बसपार्कमा
उदासी अनुहारमा
बिदेशिने युवाहरूको भीड हुन्छ ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
बाबु आमाको लासले
विदेशिएका आफ्नै छोराछोरीलाई कुर्नुपर्छ ,
पट्ट्यारलाग्दो ढङ्गले ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
भाषा, धर्म अनि संस्कृतिमाथि ठाडै हस्तक्षेप हुँदा पनि देखिन्छ
नेताहरुमा मौन समर्थन !
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
अनुपम प्राकृतिक सम्पदाहरुको अवमूल्यन गर्दै
संरक्षणका नाममा व्रम्हलुट मच्चाइन्छ।
लगाइन्छ घाँटी सुक्नेगरी नारा
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ,
भन्ने चार्वाक् दर्शनलाई
नेताहरूबाटै अनुमोदन गराइन्छ।
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

जहाँ ,
जनताहरुले भोकभोकै खुल्ला आकाशलाइ
निरीह बन्दै छानो बनाउदा पनि
रातारात ठडिन्छन्,
नेताहरुका लागि आलिसान महलहरु,
अनि भनिन्छ-
देश समृद्धिको बाटोमा लागिसक्यो !

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?