बाँकेको बाल सुधार गृहमा तोडफोड

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ ।

सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् । उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् । स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । त्यसको कारण भने खुलेको छैन ।

अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ । सुधार गृहमा हाल करिब ३ सय जना छन् । सो बाल सुधार गृहबाट २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

यसअघि पर्साको वीरगञ्ज र झक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?