अर्घाखाँची : स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

अर्घाखाँची । प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँचीको जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाउन आफुले स्वास्थ्य मन्त्रिलाई पटक पटक आग्रह गर्दा ६ करोड बजेट छुटाउन सफल भएको भएको बताएका छन् । उनले जिल्ला असस्पताल ५० शैयाको बनाउन प्रदेश सरकारबाट स्वीकृत भएपनि सेवा सुबिधा र जनशक्ति १५ शैयाको मात्र भएकाले दरबन्धि अनुसारका स्वास्थ्यकर्मी जिल्लामा ल्याउन आफुले पहल गर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको आर्थिक वर्ष २०७९।८० मा सम्पादन भएका कामको बारेमा भएको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नेता घिमिरेले अर्घाखाँची बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न औषधी ब्यवस्थापन,औजार तथा उपकरण उपलब्ध गराउन तीनै तहको सरकाले जोड दिने बताए ।

जिल्ला स्वा स्थ्य कार्यालयको बार्षिक समिक्षा कार्याक्रममा जिल्ला समन्वय प्रमुख जीवनाराण कोइरला , सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, लुम्बिनी प्रदेश स्वास्थय निर्देशनलयका निमित्त निर्देशक रमजनम कुर्मी पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मनतब्य राख्दै स्वास्थ्याका सबै सुचक सय प्रतिशत पुराउन गाउँगाउँमा स्वास्थ्य सचेतनाका कार्यक्रम ब्यापक रुपमा संचालन गनुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शिब नेपालीले अझै पनि अर्घाखाँचीका अधिकाश ठाउँमा खोप केन्द्रको भबन नहुदा पिपलको बुटामुनी बसेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप लगाउनु पर्ने बाध्यता भएकाेले यी सबै ठाउँमा अनिबार्य खोप केन्द्रको सानो भएपनि भबन बनाउन पहल गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

नेपालीले गर्भबति महिलाले अनिबार्य आरन चक्की खानु पर्ने , बच्चालाई सबै डोज खोप लागाउनु पर्ने, पोषिलो खानेकुरा खाने, अनिबार्य स्वास्थ्य संस्थामा गएर मात्र डेलिभरी गराएमा आमा बच्चाको स्वास्थ्य सुरक्षित हुने बताए ।मालारानी, पाणिनी र सितगगाका बालबालिकाले ५० देखि ४० प्रतिशत सम्म डोज खोप नलगाएकोले सचेतनाका कार्यक्रम संचालन गर्न सरोकारवालाई आग्रह गरे ।

कार्यक्रम स्वाथ्यकर्मी गणेशराज पौडेलको स्वागत मनतब्य र बसन्त पोख्ररेलको संचालनमा सम्पन्न भएको हो । बार्षिक समिक्षा कार्यक्रममा अर्घाखाँचीका ६ ओटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो ।

No description available.

No description available.No description available.No description available.

No description available.No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?