बर्दिया । बर्दियाको मधुवन नगरपालिका – ३ खातामा हिजो ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ।
मधुवन – ३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारूको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।












