अमेरिका–चीन सम्बन्धले मानव जातिको भाग्यमा प्रभाव पार्छ : सी

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले  चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।

बेइजिङमा अमेरिकी सिनेटर समूहसँगको भेटमा सीले परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताए।

‘हामीसँग चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु’, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सीले भने । उनले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए।

जवाफमा अमेरिकी सिनेट नेता चक सुमर  राष्ट्रपति सीसँग दुवै मुलुकले यो शताब्दीलाई आकार दिने भन्दै सम्बन्धलाई जिम्मेवार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए।

वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?