विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित : नेदरल्यान्ड्सकाे दोस्रो हार

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हरायो ।

न्युजिल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कालिन एकरमेनले सर्वाधिक ६९ रन बनाए ।

न्युजिल्यान्डका मिचेल सेन्टनरले ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले एक विकेट लिए । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । उसका विल योङले सर्वाधिक ७० रन बनाए ।

यस्तै, कप्तान टम लाथमले ५३ र रचिन रविन्द्रले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पउल भान मिकेरेन र रोल्फ भान डेर मेरवेले २/२ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको थियो । न्युजिल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय अनुसार बिहान पौने ११ बजे धर्मशालामा खेल्नेछन् । त्यस्तै, दिउँसो सवा दुई बजे पाकिस्तान र श्रीलङ्काबीच हैदराबादमा खेल हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?