इजरायलमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, स्वदेश फर्किन दुई सय बढीले दिए आवेदन

काठमाडाैं । इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ।

‘५५ जना नेपाली विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार मन्त्री साउदले भने, ‘साथै इजरायलको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ।’

अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताए।

उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन्। यस्तै दुई सय ६५ विद्यार्थी इजरायलमा थिए। यीमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी ‘पढ्दै कमाउँदै कार्यक्रम’ मार्फत एक महिनाअघि इजरायल गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका थिए। यीमध्ये १० जनाको हमासको आक्रमणबाट मृत्यु भएको हो। मन्त्रालयका अनुसार २ जना सकुशल, घाइते भएका चार जनाको उपचार भइरहेको र एक जना बेपत्ता रहेका छन्।

मन्त्री साउदका अनुसार केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?