एमालेको मधेश प्रदेश अधिवेशनको तयारी पूरा, २२ होटल बुक

जनकपुरधाम । बुधबारदेखि धनुषाको जनकपुरधाममा हुने नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

प्रेस चौतारी धनुषाले आज बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष रामअवतार यादवले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए ।  ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ ।

अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि  प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?