हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएका छौँ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलबाट बन्धक बनाएकाहरूको हत्या गर्ने हमासको धम्कीलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको बताएका छन्।

हमासले आफूले बन्धक बनाएकाको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए।

‘यस्तो धम्कीलाई तपाईँ हल्का रूपमा लिन सक्नुहुन्न’, किर्बीले सीएनएनसँगको कुराकानीमा भने, ‘हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरे पनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैननन्। बन्धक संकट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्‍याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११  अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन्।

इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीले इजरायली हवाइ आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ। यसमा बालबालिका, वृद्धवृद्धा र युवा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?