विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई हरायो : कप्तान रोहित शर्माको कीर्तिमानी शतक

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ ।

दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको सातौँ शतक हो । योसँगै शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

विराट कोहली ५५ रनमा र श्रेयस ऐर २५ रनमा अविजित रहे । इशान किशन ४७ रनमा आउट भए ।

अफगानिस्तानका राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । त्यस्तै, आजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । भारतका जस्प्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १/१ विकेट लिए । भारतको लगातार यो दोस्रो जित हो ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले हारेको थियो ।

भारतले पर्सि शनिवार पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले आइतवार इङ्ल्यान्डसँग खेल्नेछ । आज अस्ट्रेलिया र दक्षिण अफ्रिाकाबीच खेल हुनेछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?