एमाले सुदूरपश्चिम अधिवेशन : उपसचिवमा कुरा नमिल्दा अझै जुटेन सहमति

धनगढी । सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।

उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।

अध्यक्षका उम्मेदवार भरत साउद पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति गरेर अध्यक्ष र सचिव पदको उम्मेदवारी फिर्ता लिने सर्त अघि सारेका छन् ।

अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट मानिन्छन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनलाइनखबरलाई बताए ।

‘उहाँहरूले मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन खोज्नुभएको थियो तर हामीले त्यो विधिसम्मत हुँदैन भनेपछि रोकिनुभयो,’ रावलले भने, मनोनयन गराएकाहरूकै नाममा सहमति खोजौं भन्ने हो । उपसचिवमा नरबहादुर बिकलाई ल्याउदा अध्यक्ष पदमा पनि कुरा मिल्छ तर उहाँहरू तयार देखिनुभएको छैन । हेरौं ।’

रावलले बिकलाई उपसचिव बनाए मात्र अध्यक्षका उम्मेदवार साउद र सचिवका उम्मेदवार रतनबहादुर रेग्मीको उम्मेदवारी फिर्ता हुने बताए ।

संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् तर दुवै  उपसचिव (महिला)मा सहमति नबन्दा समस्या भएको नेताहरू बताउँछन् ।

कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ ।

नेताहरूकै आग्रहमा निर्वाचन समितिले भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छैन । प्रमुख निर्वाचन अधिकृत पदम पालले भने अब आफूहरूले प्रक्रिया अघि बढ्ने बताए ।

२१ गतेदेखि सुरू भएको एमालेको प्रदेश अधिवेशन केन्द्रीय निर्देशनअनुसार नेताहरू सहमति खोज्न थालेपछि पाँच दिनसम्म लम्बिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?