महेश बस्नेतको कार्यक्रममा ढुंगामुढा, दर्जन सवारीसाधनमाथि तोडफोड

झापा : झापामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रम स्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्।

बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र  दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका छन्।

युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।

प्रहरीकै घेराबन्दीमा युवा नेता बस्नेत कार्यक्रम स्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। राजधानीको एक होटेलमा बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए।

प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए। प्रसाईँको समर्थकसहित पहिचानवादीहरू पनि बस्नेतलाई निशाना बनाउन कार्यक्रम स्थल पुगेका थिए।

May be an image of jeep, car and van

May be an image of car

May be an image of car

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?