अर्घाखाँची : डेंगी र स्क्रब टाइफसकाे संक्रमण बढ्दै

अर्घाखाँची । अर्घाखाँची जिल्लामा डेंगी सङ्क्रमितको संख्या ३ सय बढी पुगेको छ । 

३ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा ३ सय ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार जिल्लामा स्क्रब टाइफसका बिरामी २ सय ३८ पुगेको छन् । गत श्रावण देखी हाल सम्म जिल्लामा २ सय ३८ जनामा स्क्रब टाइफस देखा परेको हो । यो वर्ष जिल्लामा डेंगी भन्दा स्क्रब टाइफस बढि संक्रमण देखीएकाे जनस्वास्थ्य निरीक्षक पौडेलको भनाइ छ । 

स्क्रब टाइफसकाे संका लागेमा तुरुन्तै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार गर्न पौडेलको आग्रह छ । “समयमै स्क्रब टाइफस भएको पत्ता लागेमा सहजै उपचार  सम्भव छ ।” उनले भने “समयमै पहिचान भई उपचार नभएको खण्डमा मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण भई बिरामीको मृत्यु हुन पनि सक्छ, सजग हुनु पर्छ ।” 

“स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, आँखा रातो हुने, टोकेको ठाउँमा कहिलेकाहीँ धेरै दुख्ने, शरीरमा कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने, श्वास प्रश्वासमा समस्या हुने, पखाला लाग्ने लगाएका लक्षणहरू देखीन्छन् ।” पौडेलले भने ।

स्क्रब टाइफस संक्रमण हुनबाट जोगिन मुख्यतः किर्नाको टोकाइबाट जोगिनु पर्ने पाैडेलकाे सुझाव छ । पाैडेलले किर्नाको टोकाइबाट जोगिनका लागि खेतबारी, बन, झाडीहरूमा काम गर्न जाँदा जुत्ता लगाउने, शरीरको खुल्ला भागमा मलम लगाउने, लामो बाहुला भएको कपडा लगाउन सुझाउँछन् । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?