न्यूजिल्यान्डको लगातार तेस्रो जित

एजेन्सी । बंगलादेशलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। पराजयसँगै समान खेलबाट २ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा  बंगलादेशले दिएकोे २ सय ४६ रनको लक्ष्य न्यूजिल्यान्डले ४२ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

न्यूजिल्यान्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अजिवित रहँदै सर्वाधिक ८८ रनको योगदान गरे। यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे।  डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान साकिब अल हसनले समान १ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रनको योगदान गरे। यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान साकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन  अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए।

न्यूजिल्यान्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?