न्यूजिल्यान्डको लगातार तेस्रो जित

एजेन्सी । बंगलादेशलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। पराजयसँगै समान खेलबाट २ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा  बंगलादेशले दिएकोे २ सय ४६ रनको लक्ष्य न्यूजिल्यान्डले ४२ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

न्यूजिल्यान्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अजिवित रहँदै सर्वाधिक ८८ रनको योगदान गरे। यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे।  डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान साकिब अल हसनले समान १ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रनको योगदान गरे। यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान साकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन  अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए।

न्यूजिल्यान्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?