भुवन कार्कीको अध्यक्षतामा पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरूले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । 

संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बबिता बिष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सिना, दिनेशकुमार श्रेष्ठ, भुवन जिसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिषेक राव रहेका छन् । 

संघको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले जानकारी दिए । संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रुपमा लुम्बिनी पर्यटन पत्रकार संघ दर्ता हुने उनले बताए । नाम परिवर्तनसँगै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघसंग संस्था अलग भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?