इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए

एजेन्सी। गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ।

इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।  राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ। ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ।

मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन्। प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १३ सय पुगेको छ। जसमा विदेशीको संख्या १ सय छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?