कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन्। शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक मुख्यमन्त्री बनेका थिए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की शनिबार नियुक्त भएका हुन्।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

 राजनीतिक समीकरण नै परिवर्तन गरेर कांग्रेस नेता कार्की एमालेको समर्थनमा कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेसको शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना गरी ४७ प्रदेशसभा सदस्यको समर्थनमा बिहीबार दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा प्रदेश प्रमुख खापुङले नियुक्त गरे।

नियुक्त गर्नुअघि प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गराएका थिए।

कार्कीको पक्षमा बहुमत हस्ताक्षर पुगेपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने सनाखत प्रक्रियामै सहभागी बनेनन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?