दूरदर्शी महिला कृषि सहकारीकाे अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मीनाकुमारी कार्की

बुटवल । पछिल्लो समयमा सहकारी संस्थाहरु कालोधनलाई सेतो बनाउने माध्यमका रुपमा प्रयोग हुन लागेकोप्रति जिल्ला सहकारी संघ रूपन्देहीका महिला उपाध्यक्ष टीका न्यौपानेले आपत्ति जनाएकी छन् ।

दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड रूपन्देहीले बुटवलमा गरेको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले बैंकहरूले थोरै रकममा पनि स्रोत खुलाउनुपर्ने नियम लागू गरेकाले स्रोत नखुलेको त्यस्तो रकमलाई देशका ठूलो ओहदामा रहेका व्यक्तिहरूले सहकारीमा राख्ने गरेको र यसबाट सहकारी सहचालकहरू सचेत रहन पनि आग्रह गरिन् । 

यस्तै सहकारी विकास बैंक बुटवल शाखा प्रमुख नारायण बेल्बासेले रूपन्देहीमा रूपन्देही बाहिरबाट दर्ता भएका अधिकारीहरूको कारणले यहाँ राम्रोसँग काम गरेका सहकारीमा पनि शेयर सदस्यहरूले नबुझी शेयर फिर्ता माग्न जाने क्रम बढेकाले आफूले लगानी गरेको सहकारी कस्तो अवस्थामा छ भनेर शेयर सदस्यहरूले जानकारी राख्नुपर्ने बताइन् ।

सहकारीले जुन सिद्धान्तले सहकारी स्थापना गरेका छन् त्यही स्थापनाको लक्ष्यलाई आत्मसात गर्दै आफ्ना शेयर सदस्यहरूलाई ऋण खोज्ने ठाउँ मात्र नगराई आयआर्जन जोड्ने कुरामा जोड दिनुपर्ने बताइन। 

साधारणसभामा संस्थाका अध्यक्ष मीनाकुमारी कार्कीले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अवसरमा संस्थाका ज्येष्ठ सदस्य तथा पूर्व कर्मचारी र कर्मचारीहरूलाई कदर पत्रले सम्मान गरिएको थियो । 

साधारण सभा तथा अधिवेशनले पुनः मीनाकुमारी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शोभा रानामगर कोषाध्यक्षमा आरति बराल सचिव सुमित्रा बराल सदस्यहरू अन्जु थापा, लीला भण्डारी, सरस्वती तिमिल्सेना, सुनीता सेन ओली, लक्ष्मी बस्नेत, कल्पना विष्ट र गीता घिमिरे चयन भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?