back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

रूपन्देही उद्योग संघको सह कोषाध्यक्षमा विशाल बेलबासेकाे उम्मेद्वारी, को हुन त बेलबासे ?

spot_img

बुटवल । रूपन्देही उद्योग संघको भोलि असोज २९ गते हुने निर्वाचनमा विशाल बेलबासेले सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । 

उम्मेद्वारी दर्ता पछि उनले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै उद्योगीहरूका बिचमा पुगेका छन् । विगत लामो समय देखी रूपन्देही उद्योग संघको कार्यसमिति सदस्य रहेर काम गर्दै आएका उनले यस पटक सह कोषाध्यक्षमा पदमा उम्मेद्वारी दिएका हुन । 

बिक्रम सम्वत् २०७० सालमा संघको सदस्यता लिएका उनले उद्योग संघको सदस्यता लिएको छोटो अवधिमै संघको वस्तुगत समितिको संयोजकको जिम्मेवारी पाएका थिए । उनले बिक्रम सम्वत् २०७२ देखी २०७६ सम्म संघको राइस तथा आयल मिल वस्तुगत समितिको संयोजकको रुपमा रहेर सफल कार्यकाल सम्पन्न गरेका छन् । 

उनले यस अघि दुई कार्यकाल रूपन्देही उद्योग संघको कार्य समिति सदस्य पदमा रहेर काम गरेको अनुभव छ । उनले सङ्घमा २०७६ साल देखी २०८० सम्म दुई कार्यकाल कार्य समित सदस्यको रुपमा जिम्मेवारी पुरा गरेका हुन । रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थित डाइभरटोलमा बिक्रम सम्वत् २०५६ साल देखी मनकामना राइस मिल सञ्चालन गर्दै आएका उनले रूपन्देही उद्योग संघ सँगै अन्य संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् । 

मिल व्यवसायी संघ रूपन्देहीका उपाध्यक्ष समेत रहेका बेलबासे सहज बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष र लायन्स तथा रोटरी क्लवहरुमा विभिन्न पदमा सक्रिय छन् । संघको सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका बेलबासेले आफ्नो उम्मेद्वारी संघको सदस्यमा रहेर आफूले सिकेको अनुभवहरूलाई उद्योगीको समस्या समाधानका लागी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले संघको विभिन्न पदमा रहेर उद्योगीहरूको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरूको हितमा लाग्ने बताए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?