साउदीसँग नेपालको निर्णायक खेल

काठमाडौँ । नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ ।

नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ । नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल नजिक पुगेको हो ।

समूह ‘ए’ मा नेपाल र साउदी अरेबियाको समान ४ अंक छ । साउदी अरेबियाले दिनको अर्को खेलमा इरानलाई ४ विकेटले पराजित गर्‍यो । नेपाल र साउदी अरेबियाबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ र विजेता टोली सेमिफाइनल पुग्नेछ । कप्तान देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो ।

दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । बहराइनबाट मोहम्मद बसिलले ७७ बल खेली २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाउनुबाहेक बहराइनबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

नेपालबाट दीपेशले ६ र दुर्गेशले ४ विकेट लिए । हेमन्त धामीसँग नयाँ बल लिएर आएका स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे ।

जवाफमा नेपालको सुरुआत राम्रो रहेन । दीपक बोहरा, ४, उत्तम थापामगर शून्य र दीपक डुम्रे १ रनमै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउँदै नेपाललाई विजयी बनाए । अर्जुनले ३१ बल खेली ५ चौका र देवले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?