साउदीसँग नेपालको निर्णायक खेल

काठमाडौँ । नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ ।

नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ । नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल नजिक पुगेको हो ।

समूह ‘ए’ मा नेपाल र साउदी अरेबियाको समान ४ अंक छ । साउदी अरेबियाले दिनको अर्को खेलमा इरानलाई ४ विकेटले पराजित गर्‍यो । नेपाल र साउदी अरेबियाबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ र विजेता टोली सेमिफाइनल पुग्नेछ । कप्तान देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो ।

दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । बहराइनबाट मोहम्मद बसिलले ७७ बल खेली २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाउनुबाहेक बहराइनबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

नेपालबाट दीपेशले ६ र दुर्गेशले ४ विकेट लिए । हेमन्त धामीसँग नयाँ बल लिएर आएका स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे ।

जवाफमा नेपालको सुरुआत राम्रो रहेन । दीपक बोहरा, ४, उत्तम थापामगर शून्य र दीपक डुम्रे १ रनमै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउँदै नेपाललाई विजयी बनाए । अर्जुनले ३१ बल खेली ५ चौका र देवले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?