इजिप्ट हुँदै गाजा जाने खाद्यान्न र ‌औषधी इजरायलले नरोक्ने

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने  जानकारी गराएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधी’ मात्र प्रवेश गर्न दिइने छ।

‘अमेरिकाका राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन’, प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ।

वक्तव्यमा भनिएको छ, ‘गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्री नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ।’

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरायललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाव दिएका थियो।

राष्ट्रपति बाइडनले तेल अभिभको भ्रमणका क्रममा अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

‘हामीले जतिसुकै कठिन काम गरे पनि हामीले शान्तिको बाटो पछ्याउनुपर्छ। ताकि इजरायल र प्यालेस्टिनी जनता दुवै सुरक्षित, सम्मान र शान्तिका साथ बाँच्न सकून्’, इजरायलको ऐक्यबद्धता भ्रमणको समापन गर्दै बाइडेनले भने, ‘मेरो लागि यसको अर्थ दुई राष्ट्र बीचको समाधान हो।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?