बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी केबलकार प्रा . लि र आधुनिक समाज डेन्टल बुटवल बिच दाँत तथा मुख उपचारमा स्वस्थ मुख अभियान अन्तरगत दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

लुम्बिनी केबल कार कम्पनी सामाजिक उत्तरदायित्व अन्तरगत मुख स्वास्थ्यलाई महत्व दिँदै सामाजिक रुपमा काम गर्ने उद्देश्यले अगाडि बढेको छ । यो सम्झौतामा लुम्बिनी केबलकारमा यात्रा गर्ने यात्रुलाई आधुनिक समाज डेन्टलले टिकट देखाएको खन्डमा निःशुल्क चेक जाँच तथा आभारभूत उपचारमा अधिकतम २५ प्रतिशत सम्म छुट दिने गरेको छ । भने लुम्बिनी केबलकारले आधुनिक समाज डेन्टल केयरमा उपचार गरेका तथा स्वस्थ मुख परिवारमा आबद्ध आफ्ना बिरामी तथा सदस्यलाई १० प्रतिशतसम्म छुट दिने छ । 

यसैगरी लुम्बिनी केबलकारले लुम्बिनी प्रदेशको कुनै पनि स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दा प्राविधिक सहयोग निःशुल्क गर्ने गरि सम्झौता गरेको छ । पछिल्लो समय आधुनिक समाजले मुख स्वास्थ्य सम्बन्धी आम जनतामाझ चेतनामूलक काम गर्न विभिन्न सङ्घसंस्थासँग साझेदारी गर्दै आफूलाई मुख स्वास्थ्यको उपचारमा अब्बल संस्थाको रुपमा स्थापित गरिरहेको छ । भने लुम्बिनी प्रदेशमा आम मुख रोगीको विश्वासिलो उपचार केन्द्र पनि बनिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?