back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

spot_img

काठमाडौं । त्रिकोणात्मक टिट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्ट्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन जोडे । ३४ बल खेलेका उनले ६ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले नटआउट २५ र गुल्सन झाले नटआउट १४ रन जोड्दा कुशल भुर्तेल ८ र कुशल मल्ल एक रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको थियो। उसका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ रन बनाउनबाहेक अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिए। अविनाश बोहोरा रसोमपाल कामीले समान २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिएका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?