नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

दाङ्
नेपाल ज्योतिष परिषद्ले १८ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका वार्ड न १५, गोरखा टोलमा अवस्थित भिङ्ग्रेली भिलेज रिसोर्टमा सम्पन्न हुने भएको हो ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन सम्बन्धि विभिन्न निर्णयहरु गरेको छ । बैठकले २०८० सालको कार्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे भव्यताका साथ उद्घाटन गरि दुई दिन सम्म संचालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बैठकले रजत वर्ष विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागी नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्ष र केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराई सदस्य सचिव रहने गरि केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, सातै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र दाङ जिल्ला कार्यसमिति रहने गरि २५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विषयका सेवानिवृत्त प्राध्यापक प्रेमकुमार आचार्यले मानव जिवनमा षोडश संस्कारको आवश्यकता विषयक कार्यपत्र गर्नुहुनेछ भने परिषद्का केन्द्रीय सचीव एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका प्राध्यापक डा। अर्जुनप्रसाद भट्टराईले विद्या तथा सन्तान सम्बन्धमा कुण्डली विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी वैदिक वास्तु विषयमा दाङ जिल्ला समिति अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका उपप्राध्यापक कपिलदेव सुवेदी र आधुनिक वास्तुका विषयमा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवम् वास्तु विभाग प्रमुख इ.लक्ष्मीप्रसाद सोतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकोनेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मेघराज आचार्य तुफानले जानकारी दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?