back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

अर्घाखाँची : ५१ वर्षपछि भेटियो चोरी भएको मूर्ति

spot_img

अर्घाखाँची । अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ।

२०३० साल वैशाख २५ गते अर्घा भगवति मन्दिरबाट चोरी भएको पञ्च मुख भएका शंकर भगवानको मूर्ति, आज विहानीको शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए ।

बाइसे-चौविसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरवारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मन्दिरमा मूर्ति  पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताए । बाइसे-चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका वडा-९ मा अवस्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्तिहरू थिए। ५१ वर्ष अगाडि चोरहरूले मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चोरी गरेका थिए।

मूर्ति हराएपछि खोजतलास गर्दै जाँदा मुद्दा चलेको थियो। तत्कालीन अञ्चल अदालतमा हराएकामध्येको एकवटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्च मुख भएको मूर्ति मन्दिरमा रहेको र उक्त मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि मूर्ति ल्याएर शुभसाइतमा प्रतिस्थापन गरिएको अध्यक्ष भुसालले बताए। मुद्दाको समयमा उक्त मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुनसक्ने र झण्डै ४ सय वर्ष पुरानो हुनसक्ने अनुमान छ।

वडादसैंमा विशेष पूजाआजा हुने यस मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ। कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ। अर्घाको सरोये नाँच देशभर प्रसिद्ध छ। हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ। अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो। सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न पहल गरेका हुन्।

गौतम बुद्धको जन्म स्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?