बुटवल । जनमत पार्टीका प्रभावशाली नेता तथा राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवलाई पार्टीेले गरेको कारवाही फुकुवा गरेसंगै कार्यकर्तामा उत्साह थपिऐको छ ।
पार्टीका उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दिपक कुमार शाहले शुक्रबार कारवाही फुकुवा भएको पत्र पठाएसंगै यादव समर्थकहरु उत्साहित भएका हुन् ।
तिन महिना अघि पार्टीले यादवलाई कारवाही गरेको थियो तर त्यसबेला पार्टीका प्रभावशाली नेतालाई करवाही गर्दा कार्यकर्ताहरु पार्टी केन्द्र संग रुष्ट बनेका थिए।
कारवाही फुकुवा भएको पत्र सार्वजनिक भएसँगै कार्यकर्ताहरुले सामाजिक संजाल मार्फत खुसी साटासाट गरेका छन्।राष्ट्रिय सचिव यादवले भने सामाजिक सन्जाल मार्फत कारवाही फिर्ता गरेकोमा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा. सि.के. राउत लगायत सम्पूर्ण पदाधिकारी र नेता तथा कार्यकर्ता, शुभचिन्तक, समर्थक सहित सबैमा धन्यवाद ज्ञापन गरेका छन्।
यादवले जनता र पार्टी प्रति सदैव ईमानदार भएर काम गर्ने बताएका छन।