back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

सि.एम.ए सघं नेपाल अर्घाखाँचीको अध्यक्षमा सागर घिमिरे

spot_img

सागर परियार, अर्घाखाँची । सि.एम.ए सघं नेपाल अर्घाखाँचीको दोस्रो अधिवेसन सन्धिखर्कमा सम्पन्न भएको छ ।

देशका ७४ जिल्लामा गठन गरिएको संघले अर्घाखाँचीमा पनि संगठन निर्माण गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष  तथा लुम्विनी प्रदेश इन्चार्ज गोपाल उपाध्यायले २०६० सालमा स्थापित यस संगठनको कार्यालय अत्तेरिया कैलालीमा रहेको जानकारी दिदै यस संगठन सि.एम.ए गरि विभिन्न मेडिकल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको हक हित र उनिहरुको संरक्षण लागी स्थापना भएको बताए ।

सि.एम.ए देशको सहयक चौथो  लेभलको कर्मचारी भएको भन्दै अझै निजि मेडिकल तथा क्लीनीकहरुले न्युनतम परिश्रमिक समेत नदिइ रहेको अवस्थामा सरकारलाई नै यसै विषयमा ध्यानाकर्षण गराउनको लागी यस संगठनले महत्वपुर्ण भुमिका खेल्ने  भन्दै सवै गोलबन्द भएर लाग्न अग्रह गरे  ।

अधिवेसनले सागर घिमिरेको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ । जस्को उपाध्यक्षमा पुजा विश्वकर्मा, सचिवमा नारायण प्रसाद गैरे, सहसचिवमा अमृत परियार,कोषाध्यक्षमा कृष्ण मुखिया, सदस्यहरुमा लक्ष्मण नेपाली,शिसिर पौडे्ल,पार्वता जि.सि, र रविना नेपाली रहेका छन् ।

अध्यक्ष सागर घिमिरेले निर्वाचन मण्डललाई धन्यवाद दिदै यस संगठनले कुनै पनि पार्टिमा अवद्ध नगराई स्वतन्त्र रुपमा आफ्ना सहकर्मी साथिहरुको हक हितको लागी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । संगठनले जिल्लामा आगामि दिनमा रचनात्मक काम गर्दै अधिकार प्राप्तिको लागी कुनै पनि कसुर बाकि नराख्ने भन्दै सवै साथिहरुलाई जोडदै जाने  बताए । अध्यक्ष घिमिरे  सि एम ए मात्र नभै स्वास्थ्य विषय मा स्नातक र सामाजिक बिज्ञान मा मास्टर्स गरेको र अहिले कानुन सन्काय मा स्नातक गर्दै गरेका युबा स्वास्थ्यकर्मी हुन बिगत ८ बर्स देखि स्वास्थ्य सेबामा समर्पित छ्न ।

सघले असोक चौहान संयोजक रहेको ३ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ । जस्को सदस्यहरुमा नीम बहादुर राना, र सागर पोख्रेल रहेका छन् ।कार्याक्रममा अर्घाखाँची अस्पतालका मेसु डा. जगन्नाथ तिवारी,संघका केन्द्रिय सदस्य जनकराज पन्त, रुपन्देही जिल्ला अध्यक्ष शशिधर उपाध्याय,कपिलबस्तु जिल्ला अध्यक्ष राम बहादुर भर ,रुपन्देही सल्लाहकार सविता शर्मा, रुपन्देही जिल्ला सदस्य प्रदिप गुप्ता तगायत जिल्लामा विभिन्न स्वास्थ्य संस्थाहरुकामा कार्यरत सि.एम.ए कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?