हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपालमा अहिले दशैँको माहोल रहँदा क्रिकेट खेलाडीहरु भने मैदानमा व्यस्त छन् ।

नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

करण केसीको ४ विकेटमा हङकङलाई ९४ रनमै अलआउट गरेको नेपालले १३.५ ओभरमै ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

बलिङमा नेपालको फास्ट बलिङ अट्याक जमिरहेको छ । करण र सोमपालले नयाँ बल फाल्छन् भने अविनाश बोहरा डेथ ओभर बलिङ गर्छन् । यस्तै अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा प्रभाव पार्न सक्छन् । उनले पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ५ बलमै अविजित १४ रन बनाएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?