काैरव खत्री, गुल्मी । गुल्मीको खड्गभुमी कालिका मन्दिरमा धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सव शनिबार सम्पन्न भएकाे छ ।
मुसिकाेट नगरपालिका ९ डॅासिकोटमा स्थित रहेको खड्गभुमी कालिका मन्दिरकाे धार्मिक, सांस्कृतिक, पुनर्मिलन तथा देवी लिला महोत्सवकाे समापन समारोहसम्म दुइ चरणमा झन्डै ८० लाख बढीको आर्थिक सहयोग संकलन भएकाे खड्गभुमी कालिका मन्दिर मुल समारोह समिति मुसिकाेट नगरपालिका ९, गुल्मीका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिए ।
साथै गत असाेज २८ गतेदेखि सञ्चालन गरिएकाे धार्मिक महाेत्सवमा विविध अनुष्ठान सहित श्री दुर्गा सप्तशती पाठपारायण संगीत एवं झाँकीमय दित्य देवी कथा धार्मिक सांस्कृतिक तथा पुनर्मिलन महोत्सवमा सांस्कृतिक, अध्यात्मिक, बहुआयामिक महोत्सवमा कथा बाचन,चन्दादाता,जग्गादाता,कलाकार लगायतलाई सम्मान,कलाकारहरूद्वारा भजन किर्तन,सांस्कृतिक झाकी सहितका कार्यक्रम शनिबार समापन गरिएकाे समिति अध्यक्ष कंडेलले जानकारी दिए ।
धार्मिक महाेत्सवमा पण्डित चेतराज कंडेलले प्रमुख कथा बाचन गरेका थिए ।
साथै महाेत्सवमा संकलित आर्थिक सहयोगले मन्दिरमा हवनकुण्ड,अतिथि-निवास,भोजनालय, वाचनालय, सचिवालय र प्रतिक्षालय निर्माण कार्य गरिने लक्ष्य रहेकाे समिति अध्यक्ष कंडेलले जानकारी दिए ।