पाल्पामा तेस्रो दुर्घटना, ८ घाइते, २ को अवस्था गम्भीर

पाल्पा । पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८  जना घाइते भएका छन्।

गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए। घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको चापागाईंले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्था भने खतरामुक्त छ। घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीपमा १४ जना सवार थिए।अन्यको अवस्था सामान्य छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै बिहान रम्भा गाउँपालिकामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। आइतबार बेलुकी कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। १ जना गम्भीर घाइते भएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?