काैरव खत्री, गुल्मी । अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)को आयोजनामा दशैँको अवसरमा लगाइएकाे बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मंगलवार सम्पन्न भएकाे छ ।
“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी) ले गत असाेज २८ गतेदेखि शुरू गरिएकाे नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ कार्तिक ७ गते सम्पन्न भएकाे छ ।
ज्ञान महायज्ञ लगाएर ७ कराेड आर्थिक सहयोग संकलन भएको अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।
साथै ज्ञान महायज्ञ सप्ताह अवधिमा कथा बाचन, कलाकारहरूद्वारा सांस्कृतिक भजन किर्तन, झाकी प्रस्तुत गरिएकाे केन्द्रका अध्यक्ष भट्टराईले जानकारी दिए ।
ज्ञान महायज्ञलाई सहयोग गर्ने चन्दादाता, कलाकारहरू लगायतलाई सम्मान गरिएकाे अध्यक्ष भट्टराईले जानकारी दिए ।
अष्ट्रेलियाकाे मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा सञ्चालन गरिएकाे ज्ञान महायज्ञ सप्ताह भाग २ काे प्रमुख कथा बाचन भने प्रवीण पण्डित दीनबन्धु पाेखरेलले गरेका थिए ।
ज्ञान महायज्ञ सप्ताहलाई भव्य र सभ्य बनाउन पुर्याउनु हुने सम्पूर्णलाई अध्यक्ष भट्टराईले धन्यवाद दिए ।
















