विश्वकपमा आज : अस्ट्रेलिया र नेदरल्यान्ड्स आमनेसामने

नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ ।

यी दुई टोलीबीच हालसम्म २ वटा एकदिवसीय खेल भइसकेको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । यी खेलहरू २००३ र २००७ को विश्वकपमा खेलिएका थिए, यस बाहेक यी दुईबीच कुनै खेल भएको छैन।

अस्ट्रेलियाले पछिल्लो ५ ओडिआई मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।

डेभिड वार्नरले यो विश्वकपमा अस्ट्रेलियाका लागि ४ खेल खेलेर २२८ रन बनाएका छन् । लेग स्पिनर एडम जाम्पा ले ४ खेलमा ९ विकेट लिएका छन् ।  यो विश्वकपमा नेदरल्याण्ड्सका कोलिन एकरम्यानले सर्वाधिक १२७ रन बनाएका छन् । उनको नाममा एक अर्धशतक छ । बलरमध्ये बास डी लिडेले सर्वाधिक ७ विकेट लिएका छन् ।

पिच रिपोर्ट

यस मैदानमा हालसम्म २९ एकदिवसीय खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १४ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेन ।

यहाँ सर्वाधिक रन पछ्याउने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा हाम्रो टोलीले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो ।

मौसम पूर्वानुमान

दिल्लीमा पानी पर्ने सम्भावना छैन । तापमान १८ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?