अर्घाखाँचीमा राेकियाे सरकारी सवारी साधनकाे दुरुपयाेग

अर्घाखाँची । चाडवाडको समयमा हुने सरकारी सवारीसाधनहरुको दुरुपयोग यो वर्ष भने कमि देखिएको छ ।

अघिल्ला वर्ष हरुमा मेला पर्व र सार्वजनिक विदाकाे दिनमा सरकारी सवारी साधनहरुकाे व्यापक दुरुपयाेग हुने गरेकाेमा याे पटक भने कमि देखिएको हो । सरकार, मिडिया, सर्वसाधारणको चासाे एवं खाेजीनिधि तथा प्रशासन र प्रहरीले कडाई गर्न थाले पश्चात् यसमा कमी आएकाे हाे ।

विगतमा दशैमा समेत सरकारी साधन लिएर टिकाे लगाउन जानेसम्म गरेका कर्मचारी र पदाधिकारीहरुले याे वर्ष भने त्यस्ताे नदेखिएकाे धेरैले बताएका छन् । बाहिरी जिल्लामा कार्यरत कर्मचारीहरुले लिएका सवारी साधन बाहेक यस जिल्लाका कुनै पनि कार्यालयका साधनहरु गुडेकाे देखिएकाे छैन ।

यो वर्ष जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सरकारी सवारीसाधनको पास समेत जारी नगरेको कारण दुरुपयोग नभएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासन अधिकृत नुमलाल पन्थिले जानकारी दिए । “अघिल्ला वर्षहरुमा पास जारी गर्दा जुन कामको लागि भनिएको हो त्यो काम नगरेर दुरुपयोग गरेको पाइएको हुदा यो वर्ष त्यस्तो नहोस भनेर पास जारी गरेनौ” पन्थिले भने, “सिमा क्षेत्रको बन क्षेत्रमा गस्ती गर्नु पर्ने भएकोले गर्दा डिभिजन बन कार्यालयका दुईवटा गाडिहरुलाई मात्र गस्तीको लागि पास जारी गरेका छौ, अरु कसैलाइ पास जारी गरिएन् । अत्यावश्यक अवस्था हेरिकन भयो ।”

यस्तै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतित सिंह राठौरले यो बर्ष दुरुपयोग भएका कुनै पनि गाडी कार्वाहीमा नपरेको जानकारी दिए । “हामिलाइ दुरुपयोग गरेको पाइएमा जोसुकै भए पनि कार्वाही गर्न प्रशासनबाट पनि निर्देश गरिएको थियो, हामी त्यसै अनुसार लागेका थियौँ ।” उनले भने, “यो बर्ष दुरुपयोगका शून्य घटना भए ।”

जिल्ला प्रशासन अर्घाखाँचीकाे व्यवस्थित नियमनका  कारणले यस्ताे भएकाे सबैकाे ठम्याई छ । भने प्रशासन कार्यालयले यसै गरि कडा गरे अन्य सार्वजनिक बिदाकाे दिनमा पनि दुरुपयाेग राेकिनेमा सर्वसाधरण विश्वस्त छन् ।

तर केही कार्यालयका प्रमुख, जनप्रतिनिधिहरुकाे कारण सधै गुनासाे आउने गरेकाे छ, जसले काम भन्दा घुम्न र परिवार तथा नातागाेताहरु ओसारपसार गर्नमा सरकारी सवारी साधनकाे दुरुपयाेग गर्ने गर्दछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?