नामिबियामा सिंहकाे आक्रमणबाट बच्न भागदौड गर्दा एक सयभन्दा बढी भैँसी डुबेर मरे

एजेन्सी । सिंहको आक्रमणबाट बच्न भागदौड गर्दा नामिबियामा कम्तीमा एक सयभन्दा बढी भैँसी नदीमा डुबेर मरेका छन् ।

नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रवार हिजाे दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसी डुबेर मरेका बीबीसीमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रवार बिहानै अगाडि रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका  थिए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने मुयुन्डाले बताए । चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैँसी डुबेर मरेका हुनाले यो असामान्य घटना नभएको उनले बताए।

चोबे नदी नामिबियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैँसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।  अफ्रिकी जङ्गली भैँसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण याे निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?