विश्वकपमा छनोट हुनु हाम्रो एकमात्र लक्ष्य : कप्तान पौडेल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा छनोट हुनु नै टोलीको एकमात्र लक्ष्य रहेको बताएका छन्।

आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताए।

उनले पहिलाका सबै कुरा बिर्सिएर अहिलेको मुख्य लक्ष्य र ध्यान अब आउने खेलमा लगाएको बताए। उनले क्वालिफायर घरेलु मैदानमा आयोजना भएकाले यसलाई नेपाली टोलीले ठूलो अवसरको रुपमा लिएको बताए।

उनले क्लालिफायरमा खेल्ने कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाई हुने लक्ष्य आफ्नो टोलीको रहेको बताए। सबै खेलाडीले आआफ्नो अनुभवका आधारमा तिखारिएको प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए।

प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले कुनै पनि विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए। उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताए।

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ। नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेशिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले टीयू मैदानमा कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?