भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एकको मृत्यु

एजेन्सी । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ।

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो।

अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो। अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।

यो घटना आतङ्कवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजरायली सैन्य हमलाका बीच प्यालेस्टिन समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो।

शनिबार भएको विरोध प्रदर्शनमा हमास नेताको सहभागितामाथि प्रतिक्रिया व्यक्त गर्दै भारतका लागि इजरायली राजदूत नाओर गिलोनले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै भनेका थिए, ‘मसालले सहभागीहरूलाई भने : सडकमा उत्रिनुहोस् र आक्रोश व्यक्त गर्नुहोस्, इजरायलविरुद्ध जिहादका लागि तयार रहनुहोस्, आर्थिकरूपमा हमासलाई सहयोग गर्नुहोस्, सामाजिक सञ्जालमा प्यालेस्टिनी कथालाई बढावा दिनुहोस्, अब हमासआईएसआईएसलाई भारतको आतङ्कवादी सूचीमा जोड्ने समय आएको छ।‘

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?