back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा दाङको घोराहीमा ज्योतिष सम्मेलन हुने

spot_img

दाङ।

  • नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति हुने भएको छ । नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको लागि शर्मा यहि कार्तिक १६ गते दाङ जिल्लाको घोराहीमा आउन लागेकी हुन् ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका १५ नम्बर वडा गोरखा टोलमा अवस्थित भिङ्ग्रेली भिलेज रिसोर्टमा नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलन कार्यक्रम कात्र्तिक १६ र १७ गते दुई दिन सम्म सन्चालन हुनेछ । दाङको धार्मिक,
सांस्कृतिक ,पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा १८ औं ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ ।सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ७०० भन्दा बढी ख्याति प्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने जनाईएको छ ।

सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक प्राध्यापक डा. अर्जुन प्रसाद भट्टराईले बताएका छन् । सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु विषयहरुमा छलफल हुने बताइएको छ । यसै गरि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन सम्बन्धि विभिन्न निर्णयहरु गरेको छ । बैठकले २०८० कात्र्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे भव्यताका साथ उद्घाटन गरि दुई दिन सम्म संचालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बैठकले रजत वर्ष विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागी नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्ष र केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराई सदस्य सचिव रहने गरि केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, सातै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र दाङ जिल्ला कार्यसमिति रहने गरि २५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । यस्तै दाङ जिल्ला समितिका अध्यक्ष उप.प्रा. कपिलदेव सुवेदीको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिका अध्यक्षहरु सदस्य रहने गरि आर्थिक व्यवस्थापन समिति गठन गरिएको लुम्बिनी प्रदेश समितिका महासचिव ढुण्डीराज ज्ञवालीले जानकारी गराएका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?