टी-ट्वेन्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज  सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।  एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको छ।  फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन्।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसाग प्रतिस्पधा गर्नेछ। समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ। फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन्।  स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ। टोलीमा अन्य परिवर्तनको सम्भावना छैन।

नेपालले सन् २०१४ मा नेपाल विश्वकप खेलिसकेको छ। नेपाललाई फेरि विश्वकपमा पुर्‍याउने अवसर रहेको छ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा २० देश सहभागी गराउने भएसँगै नेपालको सम्भावना पनि बढेको छ।  पछिल्लो केही महिनामा जसरी नेपालले खेलिरहेको छ त्यो फर्म कायम रहने भने हो नेपाल सहजै फाइनल पुग्न सक्नेछ।

आज पहिलो दिन चार खेल हुनेछन्।  बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ। ​ टियुमा दिउँसो साढे १ बजे ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग भिड्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?