गुल्सन र सन्दीपले दुई-दुई विकेट लिएपछि सिंगापुरमाथि नेपालको दबाब

काठमांडाै । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपाल र सिंगापुरबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पाँच विकेट गुमाइसकेको छ। नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिइसकेका छन् भने करण केसीले एक विकेट हात पारेका छन्।

सन्दीप लामिछानले सिंगापुरविरूद्ध १०.२ ओभरमा नेपालका लागि पाँचौ विकेट लिए। उनले सिंगापुरका जनक प्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला सिंगापुरले ५ विकेटको क्षतिमा ७० रन जोडेको थियो।

नेपालका लागि गुल्सन झाले आठौं ओभरमा २ विकेट लिए।  गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।

नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।

यसअघि सिंगापुरले पहिलो ‌ओभरमै विकेट गुमाएको थियो।

सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरे। छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?