काठमांडाै । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपाल र सिंगापुरबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पाँच विकेट गुमाइसकेको छ। नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिइसकेका छन् भने करण केसीले एक विकेट हात पारेका छन्।
सन्दीप लामिछानले सिंगापुरविरूद्ध १०.२ ओभरमा नेपालका लागि पाँचौ विकेट लिए। उनले सिंगापुरका जनक प्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला सिंगापुरले ५ विकेटको क्षतिमा ७० रन जोडेको थियो।
नेपालका लागि गुल्सन झाले आठौं ओभरमा २ विकेट लिए। गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।
नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।
यसअघि सिंगापुरले पहिलो ओभरमै विकेट गुमाएको थियो।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।