दुई कुशलको विष्फोटक ब्याटिङले नेपालको सानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटिङका कारण नेपालले सानदार जीत हात पारेको छ।

नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको हो।  मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६५  रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए।

सोमबार सिंगापुरविरुद्ध उनले एक बलमा छक्का हान्दै खेल सकेका थिए। भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे। भुर्तेलले सोमबार सर्वाधिक ७४ रन बनाएका थिए।  सिंगापुरविरुद्ध उनले ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए। उनले २३ बलमा ३२ रन आउट भएका हुन्। उनले एक चौका र दुई छक्का हाने। कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १ सय ६५ रन बनाएको हो।

आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो।  त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?