back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

ओमानविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्ने

spot_img

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।  खेल बिहान ९ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।

आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो।

आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?