अर्घाखाँची : देउसी भैलोबाट उठेको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

अर्घाखाँची । अर्घाखाँचीमा देउसी भैलोबाट प्राप्त रकमको अक्षयकोष स्थापना गरिएको छ ।

जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ७ तल्ला गाउँ झन्द्रेक भैलो समुहका युवाहरूले देउसी भैलोबाट संकलित रकमबाट अक्षयकोषको स्थापना गरेका हुन् । भैलो समुहका युवाहरूले आफूहरू देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट पाणिनि गाउँपालिका वडा नं.झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयमा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो रकम आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेलाई हस्तान्तरण गरिएको छ।

अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई प्रेरणा दिन उक्त रकम खर्च गरिने देउसीभैलो समुहका सदस्य गोविन्द बि. क. ले जानकारी दिए । अक्षयकोषको रकम वृद्धि गर्दै शैक्षिक क्षेत्रमा योगदान गर्न र संस्कृतिको जगेर्ना गर्न आफूहरू लागिरहने समुहका सदस्य प्रकाश प्युठानीले बताए ।

रकम ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक बेल्बासेले यसरी शैक्षिक उन्नयनका लागि युवाहरूले गरेको उदाहरणीय कार्यका लागि धन्यवाद ज्ञापन गरे । साथै यस्तो कार्यबाट अरुलाई पनि सामाजिक कार्यमा लाग्न प्रेरणा मिल्ने प्रधानाध्यापक बेल्बासे बताए ।

देउसीभैलो खेलेर उठेको रकमबाट विभिन्न खालका भोज भतेर तथा मनोरञ्जन गरेर खर्च गर्ने परिपाटिलाई चिर्दै रचनात्मक र सामाजिक क्षेत्रमा पनि परिचालन गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?